PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बक्सर सुशीलले हराए पाकिस्तानी खेलाडीलाई



पहिलोपोस्ट

बक्सर सुशीलले हराए पाकिस्तानी खेलाडीलाई
नेपाली बक्सर सुशील (रातो)

काठमाडौं : नेपालका बक्सर सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वाटर फाईनलमा प्रवेश गरेका छन्।

थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाली सेनाका मुक्केबाज सुशीलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउण्टको दोश्रो मिनेटमा आरएससी (रेफ्री स्टप कन्टेस्ट) को आधारमा हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेका हुन्।

सुशीलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि काउण्टमा परेका थिए। लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाइलाई एकै राउण्टमा तीन पटक काउण्टको धरापमा पारेका थिए।

अन्तर्राष्ट्रिय बक्सिङ संघ(एआइबीए)को नियम अनुसार एउटै राउण्टमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षलाई विजयी गराउने नियम छ।

नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा वैदेशिक प्रशिक्षणमा राखेको छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell