PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बिपी स्मृति दिवसमा सिन्धु कांग्रेसको कार्यक्रम : बिरामीलाई फलफुल वितरणदेखि विचार गोष्ठीसम्म



बिपी स्मृति दिवसमा सिन्धु कांग्रेसको कार्यक्रम : बिरामीलाई फलफुल वितरणदेखि विचार गोष्ठीसम्म

  • फूलमान तामाङ-

काठमाडौं: नेपाली कांग्रेस सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिले ३७ औं बिपी स्मृति दिवसको अवसरमा बिपी विचार र आजको सन्दर्भ विषयक एकदिने विचार गोष्ठी कार्यक्रम आज काठमाडौंको चाबहिलस्थित ए वान क्याफे पार्टी प्यालेसमा सम्पन्न गरेको छ।

कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महत र सम्पर्क समितिका अध्यक्ष सोनाम थिङको उपस्थितिमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि महतले बिपीलाई स्मरण गर्दै बिपीको समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको औल्याएँ। आफू अर्थमन्त्री रहँदा आफूले बनाएको आर्थिक नीतिले अहिलेसम्म देश धानेको दावीसमेत गरे।

सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति लामाले बिपीलाई श्रद्धासुमन व्यक्त गर्दै जिल्लाको संगठन मजबुद् बनाउदै अबको निर्वाचन जिल्लामा कांग्रेसमय बनाउने बताए। यसका लागि सबै लागि पर्न सबैलाई आग्रहसमेत गरे। सभापति लामाले पार्टीभन्दा व्यक्ति हावी भएकाले काग्रेंस सिन्धुपाल्चोक कमजोर भएको गुनासो गरे। 

कम्युनिस्टको सरकारले देश कंगाल बनाएको आरोप लगाउँदै उनले यस्तै हो भने देश असफलतर्फ उन्मुख हुने दाबी गरे।

कार्यक्रमामा रोल्पाका कांग्रेस सभापति अमरसिङ पुन, पाँचथरका कांग्रेस सभापति नरेन्द्र केरुङ र संखुवासभाका कांग्रेस सभापति दिपेनकुमार श्रेष्ठसमेत उपस्थित थिए।

प्रदेशसभा सांसद निमा लामाले जातीयतामाथि प्रहार गरेर कम्युनिस्ट सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाए। बुद्धको मुर्ति तोडफोड गरेर बुद्धधर्मावलम्बीमाथि प्रहार गरेको प्रति सांसद लामाले आक्रोश व्यक्त गरेका थिए। कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी भातृसंघसंस्थाका पदाधिकारी र निर्वाचित जनप्रतिनिधिसमेत उपस्थित रहेको थियो।

यही अवसरमा सिन्धुपाल्चोकको चौतारामा नेपाली कांग्रेसले बिरामीलाई फलफूल वितरण गरेको छ।

चौतारामा रहेको जिल्ला अस्पतालका १६ जना बिरामीलाई फलफूल वितरण गरेको कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए।

कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको सचिव तामाङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell