PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वातावरण विनाश गर्न डाँडा डाँडामा डोजर डुलिरहेको छ : पूर्व राष्ट्रपति यादव



रोजन श्रेष्ठ

वातावरण विनाश गर्न डाँडा डाँडामा डोजर डुलिरहेको छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं: पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालको भूगोल जोगाउन सबै लाग्नुपर्ने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज भानुप्रसाद आचार्यको किताब 'नेपालमा उदारवाद: प्रयोग र परिणाम' विमोचन गर्दै यादवले देशको भूराजनीतिअनुसार माटो जोगाउन लाग्नुपर्ने बताए।

अहिले ग्लोबल वार्मिङ बढेर अमेरिकामासमेत तापक्रम बढेको अवस्थामा यसप्रति पनि ध्यान दिनुपर्ने यादवले बताए। आफू राष्ट्रपति भएको बेला भूगोल जोगाउन चुरे संरक्षण अभियानमा लागेको उल्लेख गर्दै वातावरण जोगाउन ध्यान नदिँदा मानिसलाई नै क्षति पुग्ने बताए। यादवले भने, 'यसपटकको बाढीमा लगभग ९० जनाको ज्यान गयो। यो विनाश कि विकास हो?'

त्यसैगरी अहिले विनाशका लागि पहाडमा डोजर डुलिरहेको र तराई मरुभूमिमा परिणत हुन थालेको उनको भनाई थियो। 'देशको भूगोल नै समाप्त भयो भने के गर्ने? हाम्रो भूबनोट तराई पहाडलाई कसरी लिंकेज गर्ने?,' पूर्व राष्ट्रपति यादवले भने, 'पहाडमा डोजर आतंक छ। डाँडाडाँडामा डोजर डुलिरहेको छ। यो जिन्दगीमा तराईको जंगल समाप्त हुने देख्छु। तराई मरुभूमिकरण बढेको छ।

विकासको नाममा बारा र पर्सामा वन विनाश गर्ने कार्यक्रमकोसमेत यादवले विरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell