PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलो दिन सिंगापुर र मलेसिया विजयी, नेपालको खेल भोली कतारसँग



पहिलोपोस्ट

पहिलो दिन सिंगापुर र मलेसिया विजयी, नेपालको खेल भोली कतारसँग

काठमाडौं : आजदेखि सिंगापुरमा सुरु भएको आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरमा घरेलु टोली सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन्।

आजको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै २ अंक जोडेको हो। यस्तै आजै भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

इन्डियन एसोसिएसन ग्राउण्डमा साएद अजिजले अलराउण्ड प्रदर्शन गरेपछि मलेसियाले सहजै जित हात पार्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो। मलेसियाका लागि शाफिक सरिफले सर्वाधिक ३८ रन बनाए भने अजिजले ३४ र अमिनुद्दिन रामलीले ३३ रन जोडे।

१६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा १२० रनमा अलआउट भयो। कुवेतका लागि कप्तान मुहम्मद कासीवले अर्धशतकिय पारी खेलेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्। उनले सर्वाधिक ५१ रन बनाए।

मलेसियाका लागि मुहम्मद स्याहदतले सर्वाधिक ३ विकेट लिए। यस्तै अजिज, पवनदिप सिंह र फित्री शामले २-२ विकेट लिए।

पाँच राष्ट्र सहभागि यस क्वालिफायरमा नेपालले भोली पहिलो खेल खेल्नेछ। नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

क्वालिफायरको लागि मलेसियामा १० दिनको तयारी समेत गरेको नेपाली टोली उच्च मनोबलका साथ सिंगापुर पुगेको छ। नेपालले मलेसियासँग दुई खेलको टी २० आई सिरिज समेत खेल्दै क्लिन स्वीप गरेको थियो।

पाँच टिममध्ये सबैभन्दा बलियो मानिएको नेपाल ११औं वरीयतामा छ। नेपाल उच्च वरीयतामा रहेको टोली समेत हो। कतारले आजको पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell