PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोदीको उपस्थितिमा उडाइयो भारतको 'चन्द्रयान २'



मोदीको उपस्थितिमा उडाइयो भारतको 'चन्द्रयान २'
फोटो : DOORDARSHAN/ANI

नयाँ दिल्ली: भारतले 'चन्द्रयान २' को सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय समयअनुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयानको प्रक्षेपण गरिएको हो।

आज उडेको यान चन्द्रमाको दक्षिण धुर्वमा अवतरण गराउने भारतीय अन्तरिक्ष अनुसन्धान संगंठन (इसरो) ले जनाएको छ। त्यसो भए भारत चन्द्रमाको दक्षिण धुर्वमा अवतरण गर्ने पहिलो राष्ट्र बन्नेछ।

यानमा 'विक्रम' नाम गरेको ल्यान्डर र प्रज्ञान नाम गरेको रोभर रहेको छ। विक्रमले चन्द्रमाको माटोको परीक्षण गर्नुका साथै त्यहाँको भौगोलिक अवस्थाको म्यापिङ गर्नेछ।

 

 

'चन्द्रयान २' लाई भारतले अहिलेसम्म कुनै राष्ट्रको यान नपुगेको भागमा पुर्‍याउने योजना रहेको थियो। आज प्रक्षेपण गरेपछि करिब २ लाख २९ माइलको यात्रा तय गर्दै सेप्टम्बर ६ वा ७ मा 'चन्द्रयान २' चन्द्रमामा पुग्ने अनुमान गरिएको छ।

प्रक्षेपणको भारतीय संचारमाध्यममा प्रत्यक्ष प्रसारण गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयमा बसेर यान प्रक्षेपणको प्रत्यक्ष अवलोकन गरेका थिए। 

 

१ सय ५० मिलियन अमेरिकी डलरको खर्चमा निर्मित यो यानमा गत जुलाई १४ मा प्रक्षेपणको तयारी गरिएको थियो। प्रक्षेपण अवलोकन गर्न भारतका राष्ट्रपति रामनाथ कोविन्दसमेत प्रक्षेपणस्थलमा पुगेका थिए। तर, प्राविधिक समस्याका कारण अन्तिम समयमा प्रक्षेपण रद्द भएको थियो।

चन्द्रयान १ को सफलतापछि भारतले 'चन्द्रयान २' लाई महत्वकांक्षी योजना अन्तर्गत राखेको थियो। चन्द्रयानले चन्द्रमाको सतहमा अवतरण नभए पनि यानको रडारले चन्द्रमामा पानीको उपलब्धता बारेमा पहिलोपटक खोज गरेको थियो।

चन्द्रयान प्रक्षेपण भएपनि चन्द्रमाको सतहमा यानको अवतरण बारे भने अझै चुनौती रहेको बताइएको छ।

चन्द्रमामा अवतरणका क्रममा करिब १५ मिनेट निकै डर लाग्दो हुने इसरोले जनाएको छ। सो समयमा कन्ट्रोल रुमबाट यानको संचालन र। नियन्त्रण गरिरहेकाहरुले केही गर्न नसक्ने समेत बताइएको छ। योजना अनुरुप काम भएमा भारतीय यान पहिलोपटक चन्द्रमामा अवतरण हुनेछ। अन्यथा यानको दूर्घटना हुनसक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell