PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सहइन्चार्ज तोकिएपछि प्रदेशमन्त्री नेपालको असन्तुष्टि, 'अञ्चल कमिटिमा पुगेकालाई जिल्ला सहइन्चार्ज?'



सहइन्चार्ज तोकिएपछि प्रदेशमन्त्री नेपालको असन्तुष्टि, 'अञ्चल कमिटिमा पुगेकालाई जिल्ला सहइन्चार्ज?'

काठमाडौं: सत्तारुढ दल ने क पाले आइतबार ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएसँगै केही नेताहरुले असन्तुष्टि जनाएका छन्।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका अरुण नेपालले आफू घटुवामा परेको भन्दै असन्तुष्टि जनाए।  

नेपाल सिन्धुपाल्चोकको सहइन्चार्ज तोकिएका छन्। मन्त्री नेपालले आफूलाई भूलबस सहइन्चार्ज बनाएको दाबीसमेत गरेका छन्। 

सिन्धुपाल्चोक इन्चार्ज कसरी बनाउने भन्ने विषयमा पार्टीभित्र निकै लामो छलफल भएको र एकता पूर्व दुवै पार्टीका इन्चार्जबाट नै नेकपाको जिल्ला इन्चार्ज बनाउने नीतिगत सहमति भएको अवस्थामा त्यस्तो नीति कार्यान्वयनमा नआएकोमा आश्चार्यसमेत जनाए उनले।

'नेकपा एमालेको नवौं महाधिवेशनभन्दा पहिले पोलिटब्युरोको वैकल्पिक सदस्य, बाग्मती अन्चल कमिटीको सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज थिएँ। नवौ महाधिवेशनपछि मैले पोलिटब्युरो सदस्य, बाग्मती अन्चल कमिटीको इन्चार्ज भएर काम गरेको हुँ,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'संघीय संरचना बनेपछि भने म तीन नम्बर प्रदेश कमिटिको सचिवालयको सदस्यमा रहे। बिगत पाँच वर्षदेखि जिल्लाको इन्चार्ज नै नरहेको ब्यक्तिलाई कसरी सहइन्चार्ज बनाउने निर्णय भएको हो मैँले बुझ्न सकेको छैन।'

भुलवश वा समयमा सही सुचना प्राप्त नभएर यसो भएको सच्याइनेमा आफू निश्चिन्त रहेको उनको भनाइ छ। आफूलाई सह इन्चार्ज बनाउने निर्णय भएको जिम्मेवारी अस्वीकार गर्ने बताए। यस विषयमा पार्टी नेतृत्वलाई जानकारी दिइसकेको मन्त्री नेपालले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell