PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदी अगस्टमा भुटान जाने



रासस

भारतीय प्रधानमन्त्री मोदी अगस्टमा भुटान जाने

नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही अगस्टमा भुटानको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन्।

उनको भुटान भ्रमणले 'छिमेक पहिलो' नीतिप्रति मोदी नेतृत्वको भारतीय सरकारको उच्च प्रतिबद्धता प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन्। दुवै देशबीच रहेको विशिष्ट मैत्रीसम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले अझै गतिशील र प्रगाढ हुने विश्वास भारतको छ।

गत महिना भारतका विदेश मन्त्री एस जयशंकरले भुटानको दुईदिने भ्रमण गरेका थिए। विदेश मन्त्रीको हैसियतमा यो उनको पहिलो औपचारिक भुटान भ्रमण थियो।

उक्त भ्रमणका क्रममा जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी दुईपक्षीय सहयोगलाई अझ गति दिने सम्बन्धमा छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell