PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदर्शनमा 'बोकाको आत्मकथा'



प्रदर्शनमा 'बोकाको आत्मकथा'

काठमाडौं: कीर्तिपुरको थिएटर मलमा आजबाट 'बोकाको आत्मकथा' नाटक प्रदर्शनमा आएको छ। शुभकामना एकेडेमीको प्रस्तुति रहेको नाटक 
विनय कसजुले लेखेको चित्रकथामा आधारित छ। नाटकलाई पुष्पराज अवस्थीले निर्देशन गरेका हुन्।

उद्घाटन शो हेर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन पनि पुगेका थिए। नाटकको कथा जीवन्त रहेको र आफ्नो बाल्यकालको घटनासँगै मेल खाएको मेयर महर्जनले बताए।

लेखक विनय कसजुले नाटक आफूले लेखेको कथाभन्दा रोचक भएको बताए। वास्तविक घटनालाई कथा लेखेको र उक्त कथा नाटक भएकोमा आफूलाई निकै खुसी लागेको उनको भनाई थियो। कीर्तिपुरलाई कला नगरी बनाउन थिएटर मलका केदार श्रेष्ठले खेलेको भूमिकाको समेत उनले प्रशंसा गरे।

१० गतेसम्म दिनको दुई शो प्रदर्शन हुने नाटक एक घन्टा लामो रहेको छ। नाटक बिहान ११ बजे एक शो र दिउँसो १ बजे एक शो प्रदर्शन हुने शुभकामना एकेडेमीका विजयराज आचार्यले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell