PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डाक्टर सन्दुक रुइतको प्रधानमन्त्रीद्वारा प्रशंसा, भने : डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ



पहिलोपोस्ट

डाक्टर सन्दुक रुइतको प्रधानमन्त्रीद्वारा प्रशंसा, भने : डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ

काठमाडौं : डाक्टर सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

तिलगंगा आँखा प्रतिष्ठानको २५ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले विद्वान पुर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए।

'डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,' प्रधानमन्त्री ओलीले भने, 'आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ। त्यस कारण उहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना।'

डाक्टर रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीले उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ थियो। तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने पनि उनले बताए।

स्थापनाको २५ वर्षमै धेरै उपलब्धि हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंशा गरेका थिए।

'तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन्,' प्रधानमन्त्री ओलीले भने, 'सरकारका तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell