PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्यालेस्टाइनी क्षेत्रमा रहेका १०० घर भत्काउने तयारीमा इजरायली सेना



प्यालेस्टाइनी क्षेत्रमा रहेका १०० घर भत्काउने तयारीमा इजरायली सेना
फोटो: REUTERS

इजरायलले प्यालेस्टाइन क्षेत्रमा रहेको करिब १०० घर भत्काउने तयारी गरिरहेको अलजजीराले उल्लेख गरेको छ।

दुई देशको सीमा नजिक रहेको सुर बहेर क्षेत्रमा डोजरका साथ इजरायली सेना र प्रहरीहरु तैनाथ गरिएको बताइएको छ।

इजरायल सेनाले सो क्षेत्रमा रहेका घरहरुबाट सुरक्षा चुनौती रहेको भन्दै पहिलै देखि त्यहाँका संरचना हटाउनुपर्ने माग गरिरहेका थिए। इजरायलको सर्वोच्च अदालतले समेत सेनाको उक्त मागलाई स्वीकृत गर्दै घरहरु भत्काउन आदेश दिएको थियो।

उक्त क्षेत्रमा सरकारी स्वीकृतीमा नै वस्ती निर्माण हुँदै गरेको भन्दै इजरायलले आफूहरुलाई सो क्षेत्रबाट भगाउन खोजेको आरोप प्यालेस्टाइनले लगाएको छ। उक्त क्षेत्रमा बनेका घरहरु सबै आफ्नो अन्तर्गत रहेको प्यालेस्टाइनले बताएको छ।

प्यालेस्टाइनले इजरायलको उक्त कदमले थप युद्ध निम्तिन सक्ने भन्दै चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell