PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यू-१९ एसिया कपको मिति एक साता पछि सर्‍यो



पहिलोपोस्ट

यू-१९ एसिया कपको मिति एक साता पछि सर्‍यो

काठमाडौं : यू-१९ एसिया कपको मिति एक साता पछि सरेको छ। यसअघि अगष्ट २८ देखि श्रीलंकामा सुरु हुने भनिएको प्रतियोगिता अब सेप्टेम्वर ३ बाट सुरु हुने भएको छ।

एसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगिताको मिति सरेको र अब सेप्टावर ३ देखि १५ सम्म हुने जानकारी दिइन्। तर एसीसीको अफिसियल वेवसाइटमा भने सेप्टेम्वर ५ देखि १४ सम्म प्रतियोगिता हुने उल्लेख छ।

प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन।

प्रतियोगिता यसअघि अगष्ट २८ बाट सेप्टेम्वर ८ सम्म हुने तय थियो।

प्रतियोगितामा नेपालसहित एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र पाकिस्तान अनी कुवेत र युएई गरि ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

दई साता अघि मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन टुर्नामेन्टको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। यस्तै युएई र कुवेत वेष्ट रिजनबाट छनोट भएका हुन्। वेष्टर्न रिजनको विजेता युएई यू-१९ विश्वकपमा पनि एसियाबाट छनोट भएपछि वेस्टर्नमा दवस्रो भएको कुवेतले यू-१९ एसिया कप खेल्ने मौका पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell