PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पलेँटीमा गुञ्जिदै विक्रम गुरुङका संगीत



पलेँटीमा गुञ्जिदै विक्रम गुरुङका संगीत

काठमाण्डौ : सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा यो महिना प्रसिद्ध संगीतकार विक्रम गुरुङले प्रस्तुति दिने भएका छन्। कार्यक्रमका लागि भनेर हङकङमा रहेका गुरुङ काठमाण्डौमा आएर पलेँटीको लागि गाउने अभ्यास गरिरहेका छन्।

तामागी गाउँमा जन्मिएका गुरुङ सानै उमेरदेखि संगीतमा जिज्ञासु थिए। किशोर अवस्थामै बिना बाजागाजा गुनगुनाएर धुन बुन्ने प्रयास गर्थे।

गुरुङले पहिलोपटक राजा महेन्द्रका शब्दहरू रहेको ‘फेरि उसैका लागि’ भन्ने गीतबाट संगीत भर्न प्रयास गरेका थिए। बिना बाजा संगीत भर्ने प्रयासलाई उनी संगीतप्रतिको आफ्नो जिज्ञासु चरणको रुपमा व्याख्या गर्छन्।

पलेँटीमा आउने शुक्रबर, शनिबार र आइतबार गुरुङले आफ्नो गीतहरु प्रस्तुत गर्नेछन्। उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन्।

कार्यक्रममा संगीतकर्मी आभासले संगीतकार गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद गर्नेछन्।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell