PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ने क पाको एकता : भाग पुर्‍याउन दुई जिल्लाले १०-१० सहइन्चार्ज पाउँदा १८ ले पाएनन् एकै, मुख्यमन्त्री र मन्त्री पनि जिल्ला इन्चार्ज



विधुर ढकाल

ने क पाको एकता : भाग पुर्‍याउन दुई जिल्लाले १०-१० सहइन्चार्ज पाउँदा १८ ले पाएनन् एकै, मुख्यमन्त्री र मन्त्री पनि जिल्ला इन्चार्ज

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको छ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनका गर्दै उनीहरुलाई जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइएको छ। यसरी कार्यविभाजन गर्दा एउटा जिल्लामा १० वटासम्म सहइन्चार्ज तोकिएका छन् भने केही जिल्लामा सहइन्चार्ज खाली राखिएको छ।
 
सबैभन्दा बढी सिराहा र दाङ जिल्लामा १० जनालाई सहइन्चार्ज बनाइएको छ। त्यस्तै १८ जिल्लामा सहइन्चार्ज खाली राखिएको छ। 
 
त्यस्तै काठमाडौं जिल्लाको सहइन्चार्जको जिम्मेवारी ९ जनालाई दिइएको छ। सिराहा जिल्लाको इन्चार्जमा लिलानाथ श्रेष्ठ रहेका छन् भने अजशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान,रामकुमार यादव, रामरती देवी राम, रामचन्द्र यादव, सिता पोखरेल र हरिनारायण चौधरीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ।
 
दाङ जिल्लामा जीवन गौतम इन्चार्ज चयन भएका छन् भने इन्द्रजीत थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोखरेल र शान्ता चौधरी सहइन्चार्ज चयन भएका छन्। 

धनुषा जिल्लाले पनि ९ वटा सहइन्चार्ज पाएको छ। धनुषाको इन्चार्जमा जोगकुमार बर्वरिया यादव हुँदा सहइन्चार्जमा जुली कुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रन्नेश्वर गोइत यादव, वोधमाया कुमारी यादव, सधीर साह, शत्रुध्न महतो र हरिनारायण यादवलाई चयन गरिएको छ। 

काठमाडौंको जिल्ला इन्चार्जमा सावित्रा भुसाल हुँदा अञ्जना विसंखे, कुमार पौडेल, दिलिप महर्जन, नारायण सिलवाल, पार्वती थापा, बसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर सहइन्चार्ज चयन भएका छन्।  विराटनागर महानगरपालिकाका इन्चार्जमा शिवकुमार मण्डल चयन भएका छन्। पोखरा महानगरको इन्चार्जमा महानगरका मेयर मानवहादुर जिसी चयन भएका छन्। 

कैलाली जिल्लामा ८ जना सहइन्चार्ज भएका छन्। जिल्लाको इन्चार्जमा रुपमा चौधरी चयन हुँदा सहइन्चार्जमा मदनकुमार (गरिमा) शाह, झपटबहादुर रावल, नारदमुनी राना, वीरमान चौधरी, महेश्वर पाठक, लिलाकुमारी भण्डारी र हरिनारायण चौधरी चयन भएका छन्। 

यता केही जिल्लामा सहइन्चार्ज तोकिएका छैनन्। सप्तरीमा रामप्रति पाशवान इन्चार्ज हुँदा सहइन्चार्ज छैनन्। ओखलढुंगामा पनि सहइन्चार्ज चयन भएका छैनन्। यहाँ यज्ञराज सुनवारले इन्चार्जको जिम्मेवारी पाएका छन्। 

त्यस्तै ताप्लेजुङ धनकुटा र इलाममा पनि सहइन्चार्ज तोकिएका छैनन्। नुवाकोट, काभ्रेले पनि सहइन्चार्ज पाएका छैनन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्लाको इन्चार्ज तोकिएका छन्। काभ्रेको इन्चार्जमा भने सञ्चारमन्त्री गोकुल बास्कोटा चयन भएका छन्। 

स्याङ्जाको इन्चार्जमा भूमिसुधार मन्त्री पद्मा अर्याल चयन भएकी छन्। 

मनाङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाहरुले पनि इन्चार्ज पाएको छैन। 
   
त्यस्तै ५ नं प्रदेशको नवलपरासी पश्चिम, गुल्मी र प्युठानले पनि सहइन्चार्ज पाएका छैनन्। 

यसरी भागबण्डा मिलाउँदै गर्दा यसअघि रुपन्देहीको सचिव पाएका दधिराम न्यौपाने रुपन्देहीको सहइन्चार्जको भूमिका पाएका छन्। लिला गिरी इन्चार्ज हुँदा एकराज विश्वकर्मा र खिमलाल भट्टराई पनि रुपन्देहीको सहइन्चार्ज पाएका छन्। यसअघि रुपन्देहीमा हकिकउल्लाह खाँ इन्चार्ज हुने बताइएको थियो। 

त्यस्तै कालिकोट, हुम्ला, सल्यान, डोल्पा, बैतडी, जिल्लाले पनि इन्चार्ज सहइन्चार्ज पाएका छैनन्।  

कसलाई कुन जिल्लाको जिम्मेवारी, हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell