PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सय करोडको रफ्तारमा ऋतिकको ‘सुपर ३०’ 



सय करोडको रफ्तारमा ऋतिकको ‘सुपर ३०’ 

काठमाडौं: बलिउड अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ले भारतीय बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। प्रदर्शनको तेस्रो दिनमा नै ५० करोड कमाएको फिल्म ‘सुपर ३०’ प्रदर्शनको दोस्रो सातामा सय करोडको रफ्तारमा छ।
 
पटनाका गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्म ‘सुपर ३०’ लाई दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। भारतीय ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत सुपर ३० को बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन्।
 
‘सुपर ३०’ ले शुक्रबार ४ करोड ५१ लाख ग्रस कलेक्सन गरेको थियो भने शनिबार ८ करोड ५३ लाख कलेक्शन गरेको छ। यो फिल्मले भारतीय बक्स अफिसमा ८८ करोड ९० लाख ग्रस कलेक्सन गरिसकेको छ।
 
विकास बहल निर्देशित फिल्ममा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साध लगायतका कलाकारहरुले अभिनय गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell