PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गारेथ बेलले चाँडै रियल छाड्नेछन् : जिदान



पहिलोपोस्ट

गारेथ बेलले चाँडै रियल छाड्नेछन् : जिदान

रियल मड्रिडका फरवार्ड गारेथ बेलले अब चाँडै स्पानिस क्लब छाड्ने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन्।

३० वर्षीय वेल्स अन्तर्राष्ट्रिय खेलाडी अमेरिकामा भएको प्रि सिजन टुरको खेलमा वायर्नसँग ३-१ ले पराजित हुँदा टिममा थिएनन्।

उक्त खेलपछि जिदानले भने, 'हाम्रो आशा छ उनले चाँडै क्लब छाड्नेछन्। यो सबैको लागि राम्रो हुनेछ। हामी नयाँ क्लबमा उनको ट्रान्सफरबारेक काम गरिरहेका छौँ।' जिदानले भने

‘उनीसंग मेरो व्यक्तिगत केही छैन, तर एक समय आउँछ जहाँ सबै चिज सम्पन्न हुन्छ,किनकी त्यो हुनै पर्छ।’

रियलसँग वेलको सम्झौता सकिन अझै तीन वर्ष बाँकी छ। सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट कीर्तिमानी मुल्य (८५ मिलियन पाउण्ड)मा रियल पुगेका उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितिकसका छन्।

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड र टोटेनहमसैँ जर्मन च्याम्पियन वार्यन म्युनिख र चाईनिज सुपर लिगको क्लबसँग समेत बेलको नाम जोडिएर आएको छ।

जिदानको जवाफमा बेलका एजेन्ट जोनाथन बार्नेटले एएफसीसँग भनेका छन्। 'जिदानले अनादार गरे। उनले खेलाडीप्रति कुनै रेस्पेक्ट गरेनन् जसले रियलका लागि धेरै काम गरेका छन्।'

चोटका कारण वेलले पछिल्लो चार सिजनमा जम्मा ७९ ला लिगा म्याच खेले। गत वर्ष उनले रियलका लागि ४२ खेल खेल्दाच आधामा वैक्लपिक खेलाडीको रुपमा अवसर पाएका थिए।

'मैले निर्णय गर्नैपर्छ। हामी परिवर्तन हुन आवश्यक छ।' जिदानले भने। 'क्लबबाट बाहिरिने विषय प्रशिक्षकको निर्णय हो, र साथै खेलाडीको पनि, जसले सिचुएसनको बारेमा जानेको छ।'

'अवस्था परिवर्तन हुनेछ। मलाई थाहा छैन, २४ घण्टा वा ४८ घण्टा, तर यो हुनेछ। र यो सबैका लागि राम्रो हुनेछ।’ उनले थपे।

वेलले रियलबाट चार च्याम्पियन्स लिगसहित एक ला लिगा, कोएक पा डेल रे र तीन युईएफए सुपर कप र एक क्लब विश्वकप जितेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell