PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टाईको प्याकेटभित्र चार करोड बराबरको आइस : दिल्ली हुँदै टोकियोसम्म पुर्‍याउने योजना असफल



पहिलोपोस्ट

टाईको प्याकेटभित्र चार करोड बराबरको आइस : दिल्ली हुँदै टोकियोसम्म पुर्‍याउने योजना असफल

काठमाडौं‌: प्रहरीले लागूऔषध एम्फेटामाइन(आइस) सहित एक जनालाई पक्राउ गरेको छ। लागू औषध ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पोर्चुगलका नागरिक २५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई ४ किलो २ सय ग्राम आइससहित नियन्त्रणा लिएको हो।

उनी गत बुधवार बार्सिलोना, कतार हुँदै नेपाल आइपुगेका थिए। एयर इण्डियाको एआइ २१६ नम्बरको विमानबाट दिल्ली हुँदै जापानको टोकियो जान लागेका मेन्डिजलाई आइससहित नियन्त्रणमा लिएको ब्युरोका एसपी कृष्ण प्रसाइले जानकारी दिए।‘विषेश सुचनाको आधारमा उनको ब्याग जाँच गर्दा लागुऔषध आइस फेला परेको हो।

मेन्डिजले टाई र रुमालको बट्टामा फल्स बटम बनाइ सानो सानो प्याकेटमा आइस राखेर विमानस्थलमा पुगेका थिए। उनले आइस भएको कालो, खैरो र निलो रंगको पछाडि भिर्ने झोलामा बोकेका थिए। लागू औषध तस्करीको योजना अनुसार नेपाल आएका उनले काठमाडौंमा नै अन्य व्यक्तिले आइस लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।‘जुन होटेलमा बसेका थिए। त्यसै वरपरबाट नै आइस लिएको बुझिएको छ। आइस कसले दियो भने खुल्ल सकेको छैन,' ब्युरोका एसपी प्रसाइले भने।

विमानस्थलको वि साइडको १ नम्बर एक्सरे मेसिनमा चेक गर्दा लागुऔषधि भेटिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका मेन्डिज लागू औषध तस्करीका भरियामात्र भएको बुझिएको छ। केही पैसाको लोभ देखाएपछि आफु आइस लिन आएको मेन्डिजले प्रहरीमा बयान दिएको एक प्रहरी अधिकृतले जानकारी दिए। प्रहरीले बरामद गरेको आइसको मृल्य अन्तरार्ष्ट्रिय बजारमा ४ करोड रुपैयाँभन्दा बढी हुने आउँछ।

आइसको माग लाओस, थाइल्यान्ड, बर्मालगायत युरोपियन मुलुकमा सबैभन्दा बढी हुने गरेको छ। ब्युरोले अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा आइस बरमाद गरेको जानकारी दिएको थियो। आर्थिक वर्ष २०७३\७४ मा ब्युरोले ४ किलो आइस बरामद गरको एसपी प्रसाइले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell