PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उच्च स्थानमा हक्की खेलेर विश्व कीर्तिमान बनाउने टोली सम्मानित



पहिलोपोस्ट

उच्च स्थानमा हक्की खेलेर विश्व कीर्तिमान बनाउने टोली सम्मानित

काठमाडौं : विश्वकै उच्च स्थानमा हक्की खेलेर विश्व कीर्तिमान कायम गर्न सफल बेलायतको हक्की टिमलाई नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सम्मान गरेको छ।

२५ सदस्यीय उक्त टोलीलाई आइतवार काठमाडौंमा सम्मान गरिएको हो। उनीहरुले ५ हजार ५ सय मिटर उचाईमा हक्की खेलेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।

हक्की टिममा इंग्ल्याण्डका राष्ट्रिय टोलीका सदस्य तथा प्रवन्धक एन्डी हलिडे समेत थिए।

उनले नेपालको उच्च क्षेत्रमा हक्की खेल्दाको अनुभव र त्यहाँ सम्भावनाबारे धारणा व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell