PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वेष्टइन्डिज टुरको लागि विराटको कप्तानीमा भारतीय टोली घोषणा, हार्दिकलाई रेस्ट, ऋषभ तीनवटै फर्म्याटमा विकेटकिपर



पहिलोपोस्ट

वेष्टइन्डिज टुरको लागि विराटको कप्तानीमा भारतीय टोली घोषणा, हार्दिकलाई रेस्ट, ऋषभ तीनवटै फर्म्याटमा विकेटकिपर

वेष्ट इन्डिज टुरका लागि विराट कोहलीलाई तीनवटै फर्म्याटमा कप्तान कायम गर्दै भारतको तीन फरक टोली घोषणा भएको छ।

भारतले अगष्ट महिनाभर वेष्ट इन्डिज भ्रमणका तीन टी २०, तीन एकदिवसीय र दुई टेष्ट म्याच खेल्नेछ।

त्यसका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतवार कोहलीको कप्तानीमा टेष्ट, एकदिवसीय र टी-२० खेल्ने टिम घोषणा गरेको हो।

इंग्ल्याण्डमा विश्वकप खेलेका महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्या कुनै पनि टिममा समावेश छैनन्। हार्दिकलाई आराम दिँदा धोनी भने टुरको लागि उपलब्ध नभएको प्रमुख छनौटकर्ता एमएसके प्रसादले बताएका छन्। धोनीले आफैँ टिमको लागि उपलब्ध नहुने घोषणा गरेको प्रसादले बताएका छन्।

यस्तै तीव्र गतिका बलर जसप्रित बुमराहलाई एकदिवसीय र टी-२० टिममा आराम दिइएको छ र टेष्ट टिममा मात्र राखिएको छ। युवा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त तीन वटै फर्म्याटमा विकेटकिपरको भूमिकामा समावेश छन्।

टेष्टमा भने अर्का विकेटकिपर ऋद्धिमन शाह, रविचन्द्रन आश्विनसँगै कमब्याक गरेका छन्। आश्विनले २०१८ यता टेष्ट खेलेका छैनन्। आश्विनसँगै रविन्द्र जडेजा र कुलदिप यादव टेष्टमा स्पीनरको रुपमा रहनेछन्।

यस्तै अर्का तिव्रगतिका बलर नभदिप सैनीले एकदिवसीय र टी-२० टिममा स्थान बनाउँदा राहुल चाहारले टी-२० स्थान बनाएका छन्।

श्रेयास अयेर, मनिस पाण्डे र खलिल अहमदले एकदिवसीयमा पुनरागमन गरेका छन्। एकदिवसीय विश्वकप खेलेका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक भने यस पटक टिममा अटाएनन्। यस्तै विश्वकप दौरान घाइते भएका विजय शंकर पनि टिममा अटाएनन्। विश्वकपका चोट लागेका अर्का खेलाडी शिखर धवनले भने एकदिवसीय र टी-२० मा स्थान बनाएका छन्।

 

टेष्ट टिम : विराट कोहली (कप्तान), मायांक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, अजिन्का रहाने, हनुमान बिहारी, रोहित शर्मा, ऋषभ पन्त, रिद्धिमान शाह, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, मोहम्मद शामी, इशान्त शर्मा, कुलदिप यादव, जसप्रित बुमराह, उमेश यादव

एकदिवसीय टिम : विराट कोहली (कप्तान),  रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयास अयेर, मनिस पाण्डे, ऋषभ पन्त, रविन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चाहल, केदार जाधब, मोहम्मद शामी, भुवनेश्वर कुमार, खलिल अहमद, नभदिप सैनी

टी-२० टिम : विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयास अयेर, मनिस पाण्डे, ऋषभ पन्त, क्रुनाल पाण्ड्या, रविन्द्र जडेजा, वासिङ्गटन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, खलिल अहमद, दिपक चाहर, नभदिप सैनी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell