PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ने क पाको एकता: जिल्ला र महानगरको इन्चार्ज/सहइन्चार्जको टुंगो, विभाग र आयोगमा सहमति भएन



कुञ्जरमणि भट्टराई

ने क पाको एकता: जिल्ला र महानगरको इन्चार्ज/सहइन्चार्जको टुंगो, विभाग र आयोगमा सहमति भएन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको नाम अनुमोदन गरेको हो।

यसअघि शीर्ष नेताहरुको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इन्चार्जलाई दिने सहमति गरेको थियो। सो अनुरुप भागबन्डाका आधारमा पूर्व एमालेले इन्चार्ज पाउने ठाउँमा तत्कालीन माओवादी केन्द्रका इन्चार्जले सहइन्चार्ज पाउने छन् भने माओवादी केन्द्रले इन्चार्ज पाएको स्थानमा पूर्व एमालेका जिल्ला इन्चार्जले सहइन्चार्जको जिम्मेवारी पाउने छन्।

यसैबीच बैठकले ६ वटा महानगरपालिकामा पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ। यसमा पनि सो आधारमा नेतृत्व टुंग्याइएको बताइएको छ।

यसलाई पार्टी कार्यालयले आधिकारिक रुपमा साँझ जानकारी सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले विभाग तथा आयोगहरुको नेतृत्वको टुंगो अर्को बैठकले टुंग्याउने जानकारी दिए। अर्को बैठक मंगलवार दिउँसाे १ बजे धुम्बाराहीमा बस्ने उनले जानकारी दिए। अहिलेसम्म धुम्बाराहीमा सचिवालय बैठक बसेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell