PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ईशा गुप्ताविरुद्ध होटल मालिकले दर्ता गराए मानहानीको मुद्दा



ईशा गुप्ताविरुद्ध होटल मालिकले दर्ता गराए मानहानीको मुद्दा

बलिउड अभिनेत्री ईशा गुप्ता विवादमा फसेकी छिन्। दिल्लीका एक होटल मालिकले ईशाको विरुद्धमा मानहानीको मुद्दा दर्ता गरेका छन्।

यसअघि ईशाको नयाँ फिल्म ‘वन डे अस्टिस डेलिभर’ प्रदर्शनमा आएको थियो। सोही अवसरमा उनी आफ्नो फिल्मको खुसियाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन्। यसैबीच ईशाले होटल मालिकले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। होटल मालिकले ईशाले भनेका कुरा गलत र आपत्तिजनक भएको भन्दै मानिसहरुले आफ्नो चरित्रमाथि प्रश्न उठाएको भन्दै ईशाविरुद्धमा मानहानीको मुद्दा दर्ता गराएको दैनिक भास्करले जनाएको छ।

भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत होटल मालिकले दिल्लीको साकेट कोर्टमा मानहानीको केश दर्ता गराएका हुन्। अगस्ट २८ मा दुबै पक्षलाई बयानको लागि कोर्टमा बोलाइएको दैनिक भास्करमा उल्लेख गरेको छ।

ईशाले ६ जुलाईमा सामाजिक सञ्जाल मार्फत रोहित विज नामक होटल मालिकले आफूलाई घुरेको आरोप लगाएकी थिइन्। उनले ट्वीटरमा लेखेकी थिइन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन् आम युवतीहरुको झन् के हाल हुन्छ होला। रोहितलाई सजाय दिनैपर्छ। उनी जस्तो पुरुषले गर्दा महिलाहरु आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन्। तिमी मलाई नराम्रो नजरले घुरिरहेका थियौ।’ ईशालाई लागेको थियो रोहितले उनको बलात्कार नै गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell