PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रिय टिमका पूर्व खेलाडी निराजन रायमाझीकी पत्नी संगीता पक्राउ 



राष्ट्रिय टिमका पूर्व खेलाडी निराजन रायमाझीकी पत्नी संगीता पक्राउ 

काठमाडौं: प्रहरीले राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार ३८ वर्षीय संगीता रायमाझीलाई नियन्त्रणमा लिएको हो। बैदेशिक रोजगारीको क्रममा ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

रायमाझी गत असार ३१ गते मात्र ठगी मुद्दामा छ महिना जेल सजाय भुक्तान गरेर निस्किएकी थिइन्। उनीबिरुद्ध १ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरी रहेको डिएसपी बोगटीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell