PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२९ खेलमा अपराजित थुरामलाई हराउँदै ४० वर्षीय पाकियो बने बक्सिङ च्याम्पियन



पहिलोपोस्ट

२९ खेलमा अपराजित थुरामलाई हराउँदै ४० वर्षीय पाकियो बने बक्सिङ च्याम्पियन

फिलिपिनो बक्सर मानि पाकिओले अमेरिकन बक्सर केथ 'वन म्यान' थुर्मानको अपराजित यात्रालाई ब्रेक लगाइएका छन्।

४० वर्षीय भेट्रान बक्सर पाकियोले थुर्मानलाई पराजित गर्दै डब्लुबीए सुपर च्याम्पियनको बेल्ट जितेका हुन्।

वेल्टर वेट बक्सिङमा अहिलेसम्म अपराजित रहेका अमेरिकन बक्सर थुर्मानलाई प्याकियोले अमेरिकाको लस भेगसमा सम्पन्न खेलमा पराजित गरेका हुन्।

लुई जजले पाकियोको पक्षमा ११५-११२ को स्कोर दिएका थिए भने एक जजले थुर्मानको पक्षमा ११४-११३ को स्कोर दिएका थिए।

२९ खेलसम्म अपराजित थुर्मानले पाकियोलाई हराउने अनुमान गरिएको थियो। तर खेलमा उमेरले कुनै फरक नपार्ने पाकियोले दाइदिएका छन्।

फिनिपिनी राजिनीतिमा पनि संलग्न पाकियो बक्सिङमा आठ वेटमा विश्व च्याम्पियन बनिसकेका छन्।

७१ खेल खेल्दा पाकियोले ६२ वटा खेल जितेका छन् भने ७ वटामा पराजित भएका थिए। उनले ३९ खेलमा विपक्षीलाई नकआउट गरेका थिए।

थुर्मानको अपराजित यात्रा टुङ्गाएका पाकियोले अब अर्को खेल आमिर खानसँग खेल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell