PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली



गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं: मकवानपुरमा गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
 
शनिवार राति मनहरी- ९ मा गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए। विषेश सुचनाको आधारमा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन टोली परिचाल गरेको थियो।

‘हाम्रो टोलीलाई देखेर उनीहरुले गोली चलाएपछि हामीले फायर खोलेका हौं,' एसपी सिंहले भने।

प्रहरीले ४/५ जनाको समूहमा आएको गाँजा टोलीका एक जनालाई नियन्त्रणमा लिएको छ। तस्कर समुहको गोली लागि एक जना प्रहरीसमेत घाइते भएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell