PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रियल मड्रिडको पोष्टमा वायर्नको तीन गोल



पहिलोपोस्ट

रियल मड्रिडको पोष्टमा वायर्नको तीन गोल

प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब वायर्न म्युनिखले पहिलो जित हात पारेको छ। पहिलो खेलमा इंग्ल्याण्डको आर्सनलसँग पराजित भएको वायर्नले दोस्रो खेलमा स्पेनिस जायन्ट रियल मड्रिडलाई ३-१ ले पराजित गरेको हो।

यसै खेलमार्फत बेल्जियम खेलाडी एडेन हाजार्ड रिलयको लागि डेब्यु गरे। पहिलो हाफ मैदानमा बिताए पनि हाजार्डको लागि डेब्यु खेल सुखद बन्न सकेन।

अमेरिकाको हस्टनस्थित एनआरझी स्टेडियममा भएको खेलमा वायर्नका लागि क्रिस्टियन तोलिसोले १५औं, रोवर्ट लेवान्डास्कीले ६७औं र सर्जी नाब्रीले ६९औं मिनेटमा गोल गरे।

रियलका लागि रोड्रिगोले ८४औं मिनेटमा सान्त्वना गोल फर्काए।

८१औं मिनेटमा सेन उलरिच रातो कार्ड खाँदै मैदान बाहिरिएपछि वायर्न दश खेलाडीमा झरेको थियो।

यस्तै लण्डन क्लब आर्सनलले भने लगातार दोस्रो जित हात पारेको छ।

पहिलो खेलमा वायर्नलाई ३-१ ले हराएको आर्सनले दोस्रो खेलमा इटालियन क्लब फियोरेन्टिनालाई ३-० ले हरायो। आर्सनलका लागि एडवार्ड एनकेतिहले २ तथा जोसेफ विलकले १ गोल गरे।

यस्तै अर्को इंग्लिस क्लब  म्यानचेष्टर युनाइटेडले पनि इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ। युवा फरवार्ड मासुन ग्रिनउडको एक मात्र गोल मद्दतमा युनाइटेडले इन्टरलाई १-० ले पराजित गरेको हो।

यसैगरी पोर्चुगिज क्लब वेनफिकाले मेक्सिकन क्लब गाडालाजारालाई ३-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell