PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इन्डोर हक्की एसिया कप : फिलिपिन्सलाई हराउँदै नेपाल नवौँ



पहिलोपोस्ट

इन्डोर हक्की एसिया कप : फिलिपिन्सलाई हराउँदै नेपाल नवौँ

काठमाडौं : थाइल्याण्डमा भइरहेको इन्डोर हक्की एसिया कपमा पुरुषतर्फ नेपालले सान्त्वना जितसहित प्रतियोगिता सकाएको छ।

नवौँ स्थानको लागि शनिवार भएको प्लेअफमा नेपालले फिलिपिन्सलाई ३-० ले पराजित गरेको हो। नेपालको जितमा नवीन क्षेत्रीले २ र रोमान थापाले १ गोल गरे।

नेपाल र फिलिपिन्सले आ-आफ्नो समूहमा समान चार खेलमा हार बेहोरेका थिए।

१० टोली सहभागि पुरुष एसिया कपमा नेपाल नवौँ हुँदा जितविहिन बनेको फिलिपिन्स दशौँ बनेको छ।

नेपालले समूह चरणमा नेपाल उज्जेकिस्तानसँग १३-२, काजकस्तानसँग १२-१, सिंगापुरसँग १७-१,  र चाइनिज ताइपेइसँग ७-६ ले पराजित भएको थियो।

यसैगरी महिलातर्फ पनि नेपालले सातौं स्थानको प्लेअफको लागि खेल्दैछ। समूह चरणमा फिलिपिन्सलाई नै हराएर एक जित हात पारेको नेपालले अब सातौं हुनका लागि सिंगापुरसँग खेल्नेछ। सिंगापुरले फिलिपिन्सलाई हराउँदै नेपालसँगको प्लेअफ भेट पक्का गरेको हो।

महिलातर्फ ९ टोलीको सहभागिता छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell