PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको २० लाख प्रायोजन



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको २० लाख प्रायोजन

काठमाडौं : यही साउन अन्तिमदेखि नेपालमा हुने एभिसी एभसियन सेन्ट्रल जोन सिनिय मेन्स भलिबल च्याम्पियन्सिपको लागि नेपाल सेटलाईट टेलिकमले २० लाखको प्रायोजन गरेको छ।

पाँचौ संसक्रणको च्याम्पियनसिपको आयोजक नेपाल भलिबल संघ (एनभीए)ले शनिवार नेपाल सेटलाइट टेलिकमसँग सम्झौता गरेको हो। सम्झौता पत्रमा एनभीएका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष अस्मिता सुमार्गीले हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल सेटलाइटले च्याम्पियनसिपको लागि २० लाख सहयोग गर्नेछ। सम्झौता कै अवसरमा नेपाल सेटलाईटले संघलाई २० लाखको चेक हस्तान्तरण गरेको छ।

एनभीएले च्याम्पियनसिपका लागि यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघसँग ४० लाखको सम्झौता गरिसकेको छ।

सम्झौतापछि एनभीएका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले सहयोग गर्नुपर्ने अवस्थामा निजी क्षेत्रहरुले सहयोगी हात अगाडि बढाइरहेको भन्दै खुशी व्यक्त गरे। उनले भलिबल नेपालको राष्ट्रिय खेल भएपनि यसतर्फ त्यति चासो नभएको तितो यथार्थ व्यक्त गरे।

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा यति ठूलो भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो। यसलाई लिएर नेपाल भलिबल जगत नै अहिले उत्साहित भइरहेको छ। 'हाम्रो लागि यो ऐतिहासिक टुर्नामेन्ट हो र पहिलो पटक यति ठूलो भलिबल नेपालमा हुँदैछ। यसला२ सफल पार्न सबैजना एकजुट भएर लाग्नुपर्छ।' एनभीए अध्यक्ष शर्माले भने।

 

७ टिमको सहभागिता हुने

पाँचौ संस्करणको एभिसी सेन्ट्रल जोन यही सउन ३२ देखि भदौ ८ गतेसम्म आयोजना हुने यसअघि नै घोषणा भइसकेको छ।

सेन्ट्रल जोनमा अहिले ९ टिम छ तर नेपालमा हुने प्रतियोगितामा ७ टिमले भाग लिनेछन्। 'यस जोनमा ९ राष्ट्र भएपनि भुटानको टिम छैन ताजिकिस्तानले भाग लिने छैन। त्यसैले ७ राष्ट्रले नेपालमा हुने च्याम्पियनसिप खेल्नेछ।' एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

 

खेलस्थल लगनखेलको कभर्डहल

च्याम्पियनसिपका सबै खेलहरु ललतिपुरको लगनखेलस्थित नेपाल सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा हुने पक्का भएको छ। एनभीएका महासिचव चन्दले खेल सोही स्थानमा हुने जानकारी गराए।

उक्त हलमा लाइटको केही समस्या भएपनि एनभीएले साढे ३ लाख खर्च गरेर सबै मर्मत गरेको उनले जानकारी दिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेको कभर्डहल निर्माणाधिन रहेको र तत्कालै सोहि स्थानमा खेल लायक नहुने भएकोले एभिसी सेन्ट्रल जोनको लागि एनभीले विकल्पको रुपमा सेनाको कभर्डहल रोजेको हो।

 

नेपालको तयारी जारी

पहिलो पटक घरेलु कोर्टमै हुन लागेको यस च्याम्पियनसिपको लागि नेपाली टोलीले नियमित रुपमा तयारी गरिरहेका छन्। गत चैत-बैशाखमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा एनभीएको सेलेक्सन कमिटीले २५ जना खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरेको थियो।

डच प्रशिक्षक भान अविङले नेपाली खेलाडीलाई एक महिना प्रशिक्षण दिइसकेका छन्। केही दिनअघि उनले २५ बाट १८ खेलाडी छनोट गरेका छन्। हाल १८ खेलाडी प्रशिक्षणमा व्यस्त छन्। अब त्यसबाट १२ खेलाडीको अन्तिम सूची तयार पारिनेछ।

माल्दिभ्समा भएको तेस्रो संस्करणमा नेपालले तेस्रो स्थान हात पार्दै पहिलो पटक ऐतिहासिक अन्तर्राष्ट्रिय मेडल जितेको थियो। यस पटक घरेलु कोर्टमा नेपालले फाइनलसम्म पुग्ने लक्ष्य राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell