PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लोकसेवा विज्ञापनको खारेजी माग गर्दै प्रधानमन्त्री, भूमिमन्त्री र प्रशासनमन्त्रीको पुत्ला दहन, २० फोटोमा हेर्नुस्

लोकसेवा विज्ञापनको खारेजी माग गर्दै प्रधानमन्त्री, भूमिमन्त्री र प्रशासनमन्त्रीको पुत्ला दहन, २० फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओली,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हुँदै बांगेमुढा पुगेपछि आन्दोलनकारीहरुले मन्त्रीहरुको पुत्ला दहन गरेका थिए। प्रदर्शनकारीले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त भाईकाजी तिवारीकोसमेत पुत्ला दहन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भयो।

र्‍याली इन्द्रचोक पुगेर कोणसभामा परिणत भएको थियो। इन्द्रचोकमा प्रधानमन्त्रीको पुत्ला जलाईएको थियो।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्।

आरक्षण बचाउ अभियानको नेतृत्वमा भएको आजको र्‍यालीमा सयौंको संख्यामा उपस्थित आन्दोलनकारीले विज्ञापन खारेजको माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell