PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टी-२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्ने चार प्रतिद्वन्द्वीसँग नेपालको 'हेड टु हेड'



गोविन्दराज नेपाल

टी-२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्ने चार प्रतिद्वन्द्वीसँग नेपालको 'हेड टु हेड'

काठमाडौं : सिंगापुरमा यही जुलाई अन्तिम साता हुने आइसीसी टी २० विश्वकप एसिया रिजन फाइनल क्वालिफायरको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा तयारी गरेको छ।

मलेसियामा १० दिनको तयारी  दुई टी-२० खेलपछि नेपाली टोलीको मनोबल उच्च बनेको छ।

नेपालले मलेसिया विरुद्ध जुलाई १३ र १४ मा द्विपक्षीय शृङ्खला क्लिन स्वीप गर्दै ऐतिहासिक सफलता हात पारिसकेको छ।

अब नेपाली टोली भोलि मलेसियाबाट सिंगापुर प्रस्थान गर्नेछ।

सिंगापुरमा जुलाई २२ देखि २८ सम्म एसिया क्वालिफायर हुँदैछ। यस रिजनबाट विजेता हुने टिम युएईमा अक्टोबर-नोभेम्वरमा हुने ग्लोबल क्वालिफायरमा छनौट हुनेछ।

क्वालिफायर खेल्ने पाँच मध्ये नेपाल बरीयतामा सबैभन्दा माथि, बलियो टिम हो र एक दिवसीय मान्यता पाउने पनि एक मात्र टोली हो। त्यसैले नेपालको एक मात्र लक्ष्य क्वालिफायर जित्नु नै रहेको छ।

मलेसिया जानुअघि नेपाली टिमका कप्तान पारस खड्काले बरीयतामा माथि रहेकोले दबाब पनि नेपाली टोलीमै रहेको बताएका थिए। नेपालले मलेसियामा १० दिनको तयारी र दुई खेलको सिरिज जितिसकेकोले केही दबाब भने कम भइसकेको छ।

नेपाल र मलेसियासहित आयोजक सिंगापुर, कतार र कुबेतले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाल, सिंगापुर र मलेसिया इस्टर्न सब-रिजनबाट शिर्ष तीनमा रहँदै एसिया फाइनल राउण्डको लागि छनोट भएको हो। कुवेत र कतार वेष्टर्न सब-रिजनबाट छनौट भएको हो। युएई पनि यही रिजनबाट छनौट भएकोमा ग्लोबल क्वालिफायरको आयोजकको हैसियतमा सिधै छनौट भइसकेको छ।

नेपालले जुलाई २३ मा कतारसँग पहिलो खेल खेल्दै क्वालिफायर सुरु गर्नेछ।

नेपालले खेल्ने चारवटै टोलीसँग यसअघि  पनि खेलिसकेको छ। कतार र मलेसियासँग नेपालले यसअघि टी-२० क्रिकेटमा हार पनि बेहोरेको छ। सिंगापुर र कुबेतसँग भने नेपाल टी-२० मा हारेको छैन।

 

५ टोलीको वरीयता

नेपाल ११औं बरीयता

कतार २१औं बरीयता

सिंगापुर २३औं बरीयता

कुवेत २८औं बरीयता

मलेसिया ३५औं बरीयता

 

 

यस्तो छ चार टोलीसँग नेपालको हेड टु हेड नतिजा

नेपाल भर्सेस कतार

२००७ एसीसी टी-२० : कतार ३ विकेटले विजयी

२००९ एसीसी टी-२० : नेपाल ६ विकेटले विजयी

 

नेपाल भर्सेस सिंगापुर

२००९ एसीसी टी-२० (प्लेअफ) : नेपाल ९ विकेटले विजयी

२०१३ एसीसी टी-२० : नेपाल १२१ रनले विजयी

 

नेपाल भर्सेस कुवेत

२००९ एसीसी टी-२० : म्याच टाइ (स्कोर बराबर)

२०११ एसीसी टी २० : नेपालले कुवेतलाई १ रनले हराएको

 

नेपाल भर्सेस मलेसिया

खेल : ६

नेपाल विजयी : ५

मलेसिया विजयी : १

टी २० अन्तर्राष्ट्रियमा २ खेल भएको र दुवै खेल नेपालले जितेको

 

२०१९ टी २० आई सिरिज

पहिलो खेल : नेपाल ७ विकेटले विजयी

दोस्रो खेल : नेपाल ६ रनले विजयी

 

२००७ एसीसी टी २० : नेपाल २१ रनले विजयी

२००९ एसीसी टी २० : मलेसियाले ६ विकेटले विजयी

२०१३ एसीसी टी-२० : नेपाल १९ रनले विजयी

२०१८ टी २० विश्वकप एसिया वेष्टर्न रिजन क्वालिफाय : नेपाल ८ विकेटले विजयी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell