PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फ्राइडे रिलिजमा नेपाली फिल्म ‘घर’ र विदेशी फिल्म ‘द लायन किङ’



फ्राइडे रिलिजमा नेपाली फिल्म ‘घर’ र विदेशी फिल्म ‘द लायन किङ’

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार नेपाली सिनेमा हलमा दुईवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘घर’ र विदेशी फिल्म ‘द लायन किङ’ गरी दुईवटा फिल्म प्रर्दशनमा आएका हुन्।

अर्पण थापा निर्देशित फिल्म ‘घर’ हरर जनरामा निर्माण गरिएको हो। फिल्ममा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन्। शर्मिला पाण्डेले लगानी गरेको फिल्ममा सरोज अर्याल, अस्मिता खनाल, विकाश खनाल, सृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेको यस फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन्।

एनिमेसन जनरामा निर्माण भएको फिल्म ‘द लायन किङ’ लाई जोन फयाभरियौले निर्देशन गरेका हुन्। फिल्ममा डोनाल्ड ग्लोभर, सेथ रोगेन, किगन माइकल कीलगायतले अभिनय गरेका छन्।

त्यसै गरी गत हप्तादेखि प्रदर्शनमा आएको फिल्म ‘सानो मन’ र ‘सुपर ३०’ पनि सिनेमा हलमा प्रदर्शनरत छ। शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ पनि प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell