PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समता अस्पताल प्रकरणः धरौटीमा छाडेको विषयलाई लिएर पीडित परिवारको असन्तुष्टि

समता अस्पताल प्रकरणः धरौटीमा छाडेको विषयलाई लिएर पीडित परिवारको असन्तुष्टि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध पीडित परिवारले असन्तुष्टि जनाएको छ।

बिहीबार तामाङका परिवार तथा आफन्तले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरुले 'ज्यानमारालाई धरौटीमा छोड्न पाइदैन, बिमला तामाङलाई न्याय दे, घटनाको सत्य तथ्य सार्वजनिक गर' जस्ता नारा लगाएका थिए।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार तीन जनाले जनही तीन लाख रुपैयाँ धरौटी बुझाएर हिरासतबाहिर रहेर मुद्दा लड्न पाउने बाटो खुला गरेको थियो ।

तामाङको रहस्मय मृत्यु भएको भन्दै प्रहरीले गत असार ३ गते समता अस्पतालका संचालक उत्तम संजेल, उनकी श्रीमती कला संजेल र कर्मचारी तीर्थकुमारी श्रेष्ठसहित थप एक जना संगिता केसीलाई पक्राउ गरेको थियो। सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल 'सुसाइड नोट'का आधारमा पक्राउ परेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell