PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने



कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने

हेटौंडा: नेपाली कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई २५ हजारका दरले सहयोग गर्ने भएको छ। कांग्रेस मकवानपुरको विहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

त्यसैगरी बैठकले बीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने निर्णय गरेको छ।

कोईरालाको स्मृतिदिवसमा नेविसंघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा बिहान ११ वजे विचार गोष्ठी गर्ने छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने छ।

त्यस्तै साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा ११ मा रहेको वीपी बाटिकामा विहान वृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेसन काठमाडौंको आयोजनामा विचार गोष्ठी र साउन ७ गते विहान ७:३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने कांग्रेस मकवानपुरले जनाएका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell