PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विज्ञापनको विरोधमा लोकसेवा आयोगको कार्यालय घेराउ, आन्दोलनकारी र प्रहरीबीच धक्काधक्की

विज्ञापनको विरोधमा लोकसेवा आयोगको कार्यालय घेराउ, आन्दोलनकारी र प्रहरीबीच धक्काधक्की

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौै : लोकसेवा आयोगको विज्ञापनको विरोधमा आरक्षण बचाउ अभियानले आज अनामनगर स्‍थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन्।

 आज भएको कार्यक्रममा आदोलनकारीहरुले पहिला आयोग कार्यालयको गेटमा बसेर विरोध गरेका थिए। पछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थिए। करिब दुई घण्‍टा चलेको घेराउ कार्यक्रममा प्रहरी र आन्दोलनकारी बीच धक्का धक्की भएको थियो।  

आन्दोलनकारीले विज्ञापन खारेज गर्दै आरक्षणको व्यवस्था सहित पुन: विज्ञापन हुनुपर्ने माग गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell