PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला



पहिलोपोस्ट

उच्च अदालत जुम्ला इजलासले गर्‍यो ७४ प्रतिशत मुद्दा फैसला

जुम्लाः उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ। विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनक रूपमा अदालतले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए।

उनका अनुसार २०७५/७६ मा विभिन्न शीर्षकका झण्डै १५१  मुद्दा परेका थिए। आर्थिक वर्षको अन्त्यसम्म ११३ मुद्दा फर्छ्यौट भएका छन् जुन कुल मुद्दाको ७४ दशमलव ८३ प्रतिशत हो। गत वर्षको भन्दा २० प्रतिशत काम बढी भएको मुख्य न्यायाधीश बागचन्दले बताए।

आर्थिक वर्ष २०७४/७५ मा जम्मा आएका १३८ मुद्दामा ८० अर्थात ५६ दशमलव ९६ प्रतिशत फर्छ्यौट भएका थिए। आव २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतको तथ्याङ्कमा उल्लेख छ।

आव २०७५/७६ मा परेका जम्मा १५१ मध्ये अझै ३८ फर्छ्यौट हुन बाँकी छन्। सङ्घीयतापछिको कानुनी परामर्श, बैठक तथा छलफलका कारण न्यायाधीश जिल्ला बाहिर जानुपर्ने भएकाले फर्छ्यौट हुन बाँकी एक वर्षका ३८ मुद्दा छन्। आव २०७५/७६ जिम्मेवारी सरी आएका ५८ मुद्दा थिए भने गत आवमा वास्तविक दर्ता भएका १०० थिए। जम्मा वर्षभर १३० मुद्दा फर्छ्यौटको लक्ष्य राखिए पनि विभिन्न कारणले लक्ष्य अनुसारको मुद्दा फर्छ्यौट हुन नसकेको अदालतले स्वीकार गरेको छ।

न्यायिक सेवालाई प्रभावकारी बनाउन तथा आम नागरिकमाझ न्यायिक विषयमा स्पष्ट पार्न विभिन्न मितिमा जुम्लाका विद्यालयमा अन्तरक्रिया गरिएको रजिस्ट्रार श्यामनाथ घिमिरेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell