PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनलाइनमा सामान बिक्री गर्ने भन्दै ठगी गर्ने गिरोह समातियो



पहिलोपोस्ट

अनलाइनमा सामान बिक्री गर्ने भन्दै ठगी गर्ने गिरोह समातियो

काठमाडौः अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मङ्गलवार खुशीबुबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय आकिब जावेद, २० वर्षीय एमडी सगिर शेख  र २२ वर्षीय यमदादुल मोमिन रहेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका आकिब तारा ग्याजेट्सका सञ्चालक समेत हुन्। दुईजना भने कामदारको रूपमा कार्यरत रहेको खुलेको छ। उनीहरूले मोबाइल, फेसबुक, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई विदेशी ब्रान्डका सामान सुपथ मूल्यमा उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको महाशाखा एसएसपी सहकुल थापाले जानकारी दिए। उनीहरूले ठगी गर्नेको लागि तार ग्याजेट्स नामको पेज समेत बनाएका थिए। ‘ प्रारम्भिक अनुसन्धानमा एक वर्षदेखि यसरी नै ठगी गर्दै आएको देखियो,‘ एसएसपी थापाले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूले एक महिनाको अवधि ८० लाख रुपैयाँसम्म ठगी  गरेको खुलेको छ। साथै प्रहरीले अनलाइनबाट सामान मगाई कोही ठगिएको भए प्रहरीसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell