PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारलाई सभामुख महराको आग्रह: बाढीपहिरो पीडितलाई उद्धार र राहत प्रभावकारी ढंगबाट अघि बढाउनु



सरकारलाई सभामुख महराको आग्रह: बाढीपहिरो पीडितलाई उद्धार र राहत प्रभावकारी ढंगबाट अघि बढाउनु
फाइल फोटो

काठमाडौं: सभामुख कृष्णबहादुर महराले विपद्बाट हुने क्षति न्युनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षति भएसँगै सभामुख महराले सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन्।

सोमवार शोक वक्तव्य जारी गर्दै सभामुख महराले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन्।

त्यस्तै वर्षायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिन सतर्क रहनसमेत उनले अपिल गरेका छन्।

उनले पछिल्ला घटनाले मर्माहत र स्तब्ध बनाएको भन्दै घाइतेहरुको उपचारका लागि कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गरेका छन्। ‘विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ।

महराले प्रतिनिधिसभाका सदस्यलाई पनि प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell