काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको आज दिउँसो १ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ।
सोमबार सुचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।
देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परी मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, वेपत्ता परिवारको खोजी गर्न सांसद आफ्नो निर्वाचन क्षेत्रमा जानको लागि बैठक स्थागित गरेको सुचनामा उल्लेख गरिएको छ।
अर्को बैठक साउन ८ गते बुधवार दिउँसो १ बजेलाई बोलाइएको छ।