PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धनगढीबाट देहव्यापारमा संलग्न तीन भारतीयसहित सात जना पक्राउ



एम बम

धनगढीबाट देहव्यापारमा संलग्न तीन भारतीयसहित सात जना पक्राउ

कैलाली: कैलालीको धनगढीका होटेलबाट देहव्यापार तथा यौन धन्दामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उप–महानगरपालिका वडा नं= ५ हसनपुरस्थित विकास होटेल र वडा नम्बर ३ स्थित होटेल रोयल प्यालेसमा शनिवार राति देहव्यापार गराई रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोलीले ती होटेलमा पुगी  छापा मारेको थियो।

जाँचका क्रममा प्रहरीले होटेलका सञ्चालक, तीन भारतीयसहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं २ का २४ वर्षका अक्षय राना, भारत उत्तर प्रदेश रक्षापुरम, मोरठ कैदका २४ वर्षका मिलिंद त्यागी, सोही ठाउँका २२ वर्षीया बिश्वदिप बच त्यागी रहेका छन्।

त्यस्तै भारतकै कृष्णानगर, कोलोनी भरतपुरका २६ वर्षीया अभिषेक सिंनसिनवार, धनगढी उपमहानगरपालिका वडा नं= ३ का २८ वर्षीया सदानन्द राना, ३६ वर्षका रानशरण राना र ५० वर्षका सन्त बहादुर थापा रहेका छन्।

प्रहरी नायव उपरीक्षक बस्नेतले पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसार–पसारमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भई रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell