PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नयाँ बसपार्कको होटलबाट तीनजना पेस्तोलसहित पक्राउ



पहिलोपोस्ट

नयाँ बसपार्कको होटलबाट तीनजना पेस्तोलसहित पक्राउ

काठमाडौः  प्रहरीले पेस्तोल सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ काठमाडौँ महानगरपालिका २६ मित्र नगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट पेस्तोल उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय  राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाडौँ टोखा बस्ने ३६ वर्षीय  सविन खवास रहेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले उनीहरूको  साथबाट  मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल  एक थान र  पेस्तोल लाग्ने गोली ५ राउन्ड र बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाइकल समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell