PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पाटनमा मल्लकालीन परम्पराको निरन्तरता, दरबारको रक्षाका लागि बनाइदै यमदूतको चित्र

पाटनमा मल्लकालीन परम्पराको निरन्तरता, दरबारको रक्षाका लागि बनाइदै यमदूतको चित्र

रोजन श्रेष्ठ/पहिलोपोस्ट


पाटन दरबार क्षेत्रमा रहेको ठूलो घण्ट अगाडी दरबार प्रवेश गर्ने पुरानो ढोका छ। असारमा धान रोप्ने सिजन सुरु भएसँगै हरेक वर्ष सुमन चित्रकार ढोकाको दायाँ बायाँ यमदूतको चित्र बनाउन आइपुग्छन्। ढोकामा खड्ग र बज्र बोकेको दुई यमदूतका चित्र बनाउने गरिन्छ। दरबारको सुरक्षाका लागि करिब ३०० वर्ष अघि देखि प्रवेशद्वारमा यमदूतको चित्र बनाउने परम्परा रहेको सुमन बताउँछन्।

मल्लकालमा हवगलका पुं (चित्रकार) हरुलाई चित्र बनाएवापत दरबारले धान दिने गरेको उनी बताउँछन्। पहिला प्रत्येक वर्षमा एकपटक पुंहरुले दरबारमा यमदूतको चित्र फेरि बनाउनु पर्ने चलन थियो। तर, केही समय चित्र बनाउने काम नै रोकिएको थियो। १० वर्षदेखि भने सुमनले आफ्नै खर्चमा चित्र बनाउँदै आएका छन्। चित्र बनाउने कार्यमा उनलाई उनकी श्रीमतीले सहयोग गर्छिन्।

सुमनले ९ दिन देखि लगातार चित्र बनाउँदै छन्। अबको केही दिनमा नै चित्र बनाउन सकिने उनले बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell