PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्पोर्ट्स अवार्डमा राष्ट्रिय उसु टिमदेखि सुगम पोखरेलसम्मको प्रस्तुती, हेर्नुस फोटोमा

स्पोर्ट्स अवार्डमा राष्ट्रिय उसु टिमदेखि सुगम पोखरेलसम्मको प्रस्तुती, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले मंगलवार आयोजना गरेको १६औं पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट खेलाडीहरुलाज्ञ अवार्ड प्रदान गरियो। १० विधामा प्रदान भएको अवार्ड कार्यक्रममा प्याराग्लाइडिङमा योकेश गुरुङ र फुटबलकी सावित्र भण्डारी वर्ष खेलाडी घोषित भए।

यस्तै अवार्ड समारोहमा विभिन्न खालको प्रस्तुती समेत भयो। राष्ट्रिय उसु टिमका खेलाडीहरु देखि पप गायक सुगम पोखरलेसम्मले आफ्नो प्रस्तुती दिए। स्मृति ब्याण्डको प्रत्तुतीबाटै अवार्ड कार्यक्रम सुरु भएको थियो।

त्यसपछि उसुको राष्ट्रियटिमले विभिन्न डेमोस्ट्रेसन देखाएका थिए। त्यसबाहेक र्‍यापिडो च्याम्पस्ले पनि विभिन्न गीतमा आफ्नो नृत्त प्रस्तुत गर्‍यो। यस्तै भारतमा भएको सारेगमा उत्कृष्ट गायन प्रस्तुत गर्दै अन्तिम चरणमा पुगेका आयुष केसिले पनि गीत गाए।  महेश काफ्लेले आफ्नो चर्चित गीत हावा चल्यो सिरिरि गाएका थिए।

अन्तिममा गायक सुगम पोखरेलले आफ्नो चर्चित गीग गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell