PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

समता अस्पताल प्रकरण : विमलालाई न्याय माग्दै गौशालामा यस्तो प्रदर्शन, दुई प्रदर्शनकारी पक्राउ

समता अस्पताल प्रकरण : विमलालाई न्याय माग्दै गौशालामा यस्तो प्रदर्शन, दुई प्रदर्शनकारी पक्राउ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया विमला तामाङलाई न्याय माग्दै उनका आफन्तले आज काठमाडौंको गौशालामा प्रदर्शन गरेका छन्।

अहिले प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिइसकेको छ। प्रदर्शनका क्रममा दुईजना पक्राउ परेका छन्। प्रदर्शनमा उत्रिएकाले प्रहरी दमन बन्द गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्। 

गत मंगलवार बिहान अस्पतालभित्र रामेछाप दोरम्बा घर भएकी तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। विमलाका आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाहीको माग गर्दै आएका छन्।।



ट्रेन्डिङ पोस्ट

Ncell