PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकप क्रिकेट : वार्नरको १६६ रन, बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट : वार्नरको १६६ रन, बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया शीर्ष स्थानमा

ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेको दिन आइसीसी विश्वकप क्रिकेटमा बिहीबार साविक विजेता अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ।

डेविड वार्नरको १६६ रनको मद्दतमा बंगलादेशलाई ४८ रनले पराजित गरेको अष्ट्रेलियाले ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा समेत उक्लेको छ।

ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले डेविड वार्नरको शतक, कप्तान आरोन फिन्च र उस्मान खवाजाको अर्धशतक मद्दतमा ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनाएको थियो।

उच्च लक्ष्य पछ्याउने क्रममा बंगलादेशका मुस्फिकर रहमिले शतक प्रहार गरे पनि कीर्तिमानी लक्ष्य पूरा गर्न भने सकेन। बंगलादेशले पूरै ५० ओभर खेल्दै ३३३ रन बनायो।

बंगलादेशका लागि विकेटकिपर रहिमले शतक प्रहार गरे भने तमिम इकवाल र  मोहमदुल्लाले अर्धशतक बनाए।

त्यसअघि वार्नरले १४७ बल खेल्दै १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन बनाएको थिए। यस विश्वकपमा वार्नरको यो दोस्रो शतक हो। यस्तै कप्तान फिन्चले ५३ र खवाजाले ८९ रन बनाए। ग्लेन म्याक्सवेलले १० बलमा ३२ रन जोडे।

अष्ट्रेलियाले पहिलो र दोस्रो विकेटका लागि शतकिय साझेदारी गरेको थियो।

बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए।

बंगलादेशले २३ नर बनाउँदा पहिलो विकेट गुमाए पनि दोस्रो विकेटका लागि तमिम इकवाल र शकिब अल हशनले ७९ रनको साझेदारी गरेका थिए। सौम्य सरकार १०, शकिब ४१ रन बनाएर आउट भए। शकिब पहिलोपटक यस विश्वकपमा ५० रन भन्दा कममा आउट भएका हुन्। ओपनर तमिम इकवाल ६२ रन बनाएर आउट भए भने लिटन दास २० रनमा आउट भएपछि बंगलादेशले १७५ रन हुँदा ४ विकेट गुमायो।

तर पाँचौ विकेटका लागि मुस्फिकर रहिम र मोहमुदुल्लाहले शतकीय साझेदारी गर्दै बंगलादेको आशा कायमै राखेका थिए। यी दुईले पाँचौ विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए।

तर ४६औं ओभरमा महमुदुल्लाह आउट भएपछि बंगलादेश जितबाट टाढा रहेको हो। महमुदुल्लाहले ५० बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६९ रन बनाए। उनलाई ४५.३ ओभरमा नाथन कुल्टर नाइलले प्याट कमिङबाट क्याचआउट गराए। कुल्टर नाइलले अर्को बलमा सबिर रहेमानलाई शून्यमै बोल्ड गर्दै बंगलादेशको छैटौँ विकेट लिएपछि खेल अष्ट्रेलियाको पक्षमा मोडिएको हो।

त्यसपछि स्टार्कले ४९औं ओभरमा मेहदी हसनको विकेट लिए।

इनिङ्सको अन्तिम बलमा मार्कुस स्टोइनिसले कप्तान मोसरफे मोर्ताजालई आउट गरेपछि बंगलादेशले ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो। शानदार ब्याटिङ गरेका मुस्फिकर १०१ रनमा नटआउट रहे।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए। नाथन कुल्टर नाइलले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए। यस्तै स्टोइनिसले ८ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए। एडम जाम्पाले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell