PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल बास्केटबल लिग : उपाधिका लागि आर्मी र टाइम्स खेल्ने



नेपाल बास्केटबल लिग : उपाधिका लागि आर्मी र टाइम्स खेल्ने

काठमाडौं : क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) को उपाधिका लागि विभागीय टोली आर्मी  र टाइम्स इन्टरनेशनल क्लब भिड्ने भएका छन्।

बिहीवार भएको दोस्रो क्वालिफायरमा अर्को विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै बेस्ट अफ थ्री मा लगातार दोस्रो जित हात पार्दै टाइम्स फाइनल पुगेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा टाइम्सले पुलिसलाई ७२-५४ ले पराजित गरेको हो। यसअघि पहिलो खेल टाइम्सले पुलिसलाई ८१-६९ ले पराजित गरेको थियो।

टाइम्सको जितमा राष्ट्रिय टिमका कप्तान समेत रहेका सदिश प्रधानले २५ अंक स्कोर गरे।

अब फाइनल खेल आर्मी र टाइम्सबीच शनिवार हुनेछ।

प्ले अफ डिप्राइभ्ड चिल्ड्रेनको आयोजनामा भएको बास्केटबल लिगमा यस वर्ष पहिलो पटक महिला लिग समेत आयोजना भएको छ। महिला लिगको फाइनलमा शनिवारै समृद्धि गोरिल्लाज र नेपाल पुलिस खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell