PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सोमपाल कामीले विदेशी लिग खेल्ने, ग्लोबल टी २० क्यानडा क्रिकेटको लागि छनोट



पहिलोपोस्ट

सोमपाल कामीले विदेशी लिग खेल्ने, ग्लोबल टी २० क्यानडा क्रिकेटको लागि छनोट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले पहिलो पटक विदेशी क्रिकेट लिग खेल्ने भएका छन्।

गत वर्ष सन्दीप लामिछानेले आइपीएल देखि बिबिएल सम्म आधा दर्जन भन्दा बढी टी २० लिग खेलेर चर्चा कमाएका थिए। सोमपाल विदेशी लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दैछन्।

क्यानडामा हुने ग्लोबल टी २० क्यानडाको दोस्रो संस्करणको लागि फास्ट बलर सोमपाललाई विनिपेग हग्स टिम ड्राफ्टबाट लिएको हो।

यस्तै सन्दीप लामिछाने लगातार दोस्रो पटक उक्त प्रतियोगिताको लागि छनोट भएका छन्। सन्दीपलाई टोरोन्टो नेश्नल्सले लिएको हो।
 

सन्दीप एसोसिएन नेशनमध्ये बाट छानिने पहिलो खेलाडी बनेका थिए। सन्दीपलाई छनोट गरेको टिम टोरोन्टोले केही समयअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको युवराज सिंहलाई समेत लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell