PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सि जिनपिङका लागि उत्तर कोरियाले दुई महिनामै तयार पार्‍यो यस्तो गेस्ट हाउस



सि जिनपिङका लागि उत्तर कोरियाले दुई महिनामै तयार पार्‍यो यस्तो गेस्ट हाउस
फोटो: nknews.org

चिनियाँ राष्ट्रपति सी जिङपिङ यतिवेला प्योङयाङको दुई दिने भ्रमणमा छन्। चीन र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका सी त्यहाँको 'कुमसुसन गेस्टहाउस'मा बस्ने छन्। यसअघि यो गेस्ट हाउस सुनिएको थिएन्। चिनियाँ समाचार एजेन्सीले पहिलो पटक गेस्ट हाउसको नाम सार्वजनिक गरेका हुन्। यो गेस्ट हाउस यसअघि उत्तर कोरिया भ्रमण गर्ने भीआईपीलाई राखिने ठाउँ भन्दा बाहिर रहेको छ।

सिन्ह्वाका अनुसार सी विमानस्थलमा ओर्लिएसँगै विमानस्थलबाट कारगेटसहित रियमियोङ स्ट्रिटमा पुगे। त्यहाँ रहेको कुमसुसन दरवारमा स्वागत गरियो त्यहाँ देखि उनी गेस्ट हाउसका लागि प्रस्थान गरे।

हालै सार्वजनिक भएको भूउपग्रहीय तस्विरले राष्ट्रपति सी बस्ने गेस्ट हाउस यसै वर्ष फेब्रुअरीबाट निर्माण थालिएको थियो। जुन कुमसुसन दरबार नजिकै रहेको छ। त्यही नै कुमसुसन गेस्ट हाउस हुन सक्ने एनके न्यूजले जनाएको छ।

स्थानीय समय अनुसार आज साँझ राष्ट्रपति सी र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको वार्ताको तस्विर सार्वजनिक भइसकेका छैनन्। त्यहाँ रहेको कम्प्लेक्समा दुईवटा ठूला मेन्सनहरु रहेका छन्। त्यहाँ सो पोखरी छ। पोखरीलाई घेरेर तयार पारिएका अन्य साना संरचनाहरु रहेका छन्।

फेब्रुअरीसम्म यस क्षेत्रमा पैदलमार्ग र फराकिलो पार्क रहेको भूउपग्रहीय तस्विरमा देखिन्छ। प्लानेट ल्याबबाट प्राप्त गरेको भूउपग्रहीय तस्विर भन्दै एनके न्यूजले यस क्षेत्रमा गत वर्ष अक्टोवरबाट अस्थायी संरचनाहरु खडा भएको देखाएको जनाएको छ। गत फेब्रुअरीसम्म पार्कको अगाडि प्योङयाङ फ्लोरिकल्चर इन्स्टीच्यूटले साढे दुई किलोमिटर वर्गफलको क्षेत्रफल ओगटेको देखिन्छ।

एउटा गोलाकारको गेस्टहाउस डिजाइनको घर गत अप्रिल २१ मा पूर्ण भएको देखिन्छ। पोखरीको वरिपरी अर्को सोही आकारको घर बन्दै गरेको सो समयको गुगल अर्थको तस्विरमा देखिएको समाचारमा उल्लेख छ।

प्लानेट अर्थले दिएको तस्विरमा यसअघि देखिएका अस्थायी संरचनाहरु मे २१ पछि देखिएका छैनन्। तर त्यहाँ दुई वटा ठूला मेन्सन र दक्षिण तर्फ नयाँ भवन र अन्य संरचनाहरु देखिएका छन्।

अहिले यहाँ फराकिलो जमान पनि सकिएको छ। भीआईपी पाहुनाको स्वागतमा हतारमा यो संरचना तयार पारिएको छ।

नयाँ गेस्ट हाउसको  दक्षिण तर्फ हेलिकोप्टर एयरफिल्ड र पिकह्वावन गेस्ट हाउस छ। यो गेस्ट हाउसमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनले उत्तर कोरियाको भ्रमण गर्दा बास बसेका थिए। त्यस्तै क्युवाका राष्ट्रपति, अमेरिकी विदेशमन्त्री माइक पोम्पिओलाई पनि गत वर्ष यही गेस्ट हाउसमा राखिएको थियो।

नयाँ भूउपग्रहीय तस्विरमा रियोमियोङ सडकको उत्तर तर्फ पनि नयाँ संरचना बन्दै गरेका छन्। यी संरचना पनि कुमसुसन गेस्ट हाउससँगै बन्न थालेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell