PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'योङ माइन्डस्' लाइफ टाइम अचिभमेन्ट अवार्ड जयनन्द चन्दलाई दिइने



'योङ माइन्डस्' लाइफ टाइम अचिभमेन्ट अवार्ड जयनन्द चन्दलाई दिइने

काठमाडौंं: योङ माइन्डस् इन्टरटेनमेन्टले वरिष्ठ कलाकार जयनन्द चन्दलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ। 
७८ वर्षीय चन्द स्वास्थ्य हाल अल्का अस्पतालमा उपचाररत छन्। 

त्यस्तै राष्ट्रिय गीतका सर्जक व्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ पुरस्कारले सम्मानित गरिने भएको छ। संस्थाले कार्यक्रममा नेपाली गीत, संगीत तथा त्यसका स्रष्टाहरू विभिन्न विधामा सम्मान गर्ने तयारी गरिरहेको संस्थाका मुनाल शिशिर कोइरालाले जानकारी दिए। कार्यक्रममा विभिन्न ५० विधामा कलाकारहरूलाई सम्मान गरिने उनले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell