PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिममा प्रतिपक्षीले जलायो सरकारको रेड बुक, बजेट संशोधनको माग राख्दै सदन अवरुद्ध



एम बम

सुदूरपश्चिममा प्रतिपक्षीले जलायो सरकारको रेड बुक, बजेट संशोधनको माग राख्दै सदन अवरुद्ध

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारको रेड बुक प्रतिपक्षी दलका सांसदले जलाएका छन्। सरकारले ल्याएको बजेट र रेड बुक प्रदेशका जनताको हितमा नभएर सीमित व्यक्तिको फाइदा हुने गरी आएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले रेड बुक जलाएका हुन्।

यस अघि सांसदहरूले सदन अवरुद्ध पारेका थिए। बजेट सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षीका सांसदहरूले सदन सुरु भए लगत्तै उठेर विरोध जनाए। सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई पटक पटक बस्न र सरकारका कुरा सुन्न आग्रह गरे पनि उनीहरूले मानेनन्। त्यसपछि सभामुखले प्रतिपक्षीका तर्फबाट एक जना सांसदलाई धारणा राख्न समय दिएका थिए।

धारणा राख्ने क्रममा काँग्रेस सांसद भरत खड्काले सरकारको बजेट सुदूपश्चिमका जनताको हितमा नभएको बताए। गत वर्ष पनि कांग्रेसले सरकारले छुट्ट्याएको बिना शीर्षकको बजेटलाई डल्लो बजेट भन्दै त्यसको ब्रेकडाउनको माग राखेर सदन अवरुद्ध पारेका थिए। यस वर्ष पनि त्यो परिपाटी सरकारले दोहर्‍याएको उनको आरोप छ।

सरकारे सदन, सांसद रजनताको अपमान हुने गरी अपारदर्शी ढंकबाट बजेट ल्याएको उनले बताए। अपारदर्शी ढंकबाट भ्रष्टाचारलाई प्रशय दिने गरी बजेट आएको खड्काले बताए।

बुधवार प्रदेश सरकारले सांसदहरूलाई रेड बुक दिएको थियो। रेडबुकलाई ब्ल्याङ्क बुकको संज्ञा दिँदै उनले भने, यो रेड बुक होइन ब्ल्याङ्क बुक हो। सरकारले कोरा पाना जस्तो बजेट बनाएर ल्यायो। त्यसमा भोलि सरकार र मन्त्रीले आफ्ना नजिकका मान्छेलाई जे भरेर दिए पनि हुने गरी तयारी गरिएको छ। यो सच्याउनुपर्छ, नसच्चिएसम्म सदन चल्न सक्दैन।’

त्यसपछि पनि काँग्रेस र राजपाका सांसदहरू नबसेपछि सभामुखले प्रतिपक्षीको अवरोधका कारण बैठक सरेको जानकारी गराए। 

त्यस लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभा भवनको गेटमा आएर सरकारको रेड बुक जलाएका हुन्। सो क्रममा सांसदहरूले ‘अपारदर्शी बजेट चाइदैन, सदनलाई अपमान गर्न पाइँदैन’ लगायतका नारा पनि लगाए।

बैठकपछि सञ्चारकर्मीसँग धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा= रणबहादुर रावलले गैरजिम्मेवार सरकारले गैरजिम्मेवार बजेट ल्याएको हुनाले आफूहरूले रेड बुक जलाएको बताए।

सरकारले तीन पटक बजेट ल्याउँदा पनि उही परिपाटी दोह¥यायो। हामीले विगतमा पटक–पटक खबरदारी गरेकै हौँ,’ उनले भने ‘लोकतान्त्रिक सरकारमा हरेक कुरा जनताको पक्षमा हुनुपर्छ तर यहाँ सरकारले आसेपासे र केही कार्यकर्ताका लागि मात्रै बजेट ल्याएको देखियो।’

तर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रतिपक्षीले विरोधका लागि मात्रै विरोध गरेको बताए। बजेट सन्तुलित रहेको भन्दै उनले यसलाई सच्याउन नसकिने पनि बताए।

यस्तो थियो आजको कार्यसूची

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएको थियो। प्रदेश सभा सचिवालयको कार्यसूची अनुसार आजको प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट सम्बन्धी संक्षिप्त वक्तव्य दिने र बजेटमाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell