PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इरानी रिभोलुसनरी गार्डले खसाल्यो अमेरिकी ड्रोन!



इरानी रिभोलुसनरी गार्डले खसाल्यो अमेरिकी ड्रोन!
अमेरिकी सेनाको ड्रोन विमानको फाइल फोटो: SKY NEWS

तेहरान : इरान र अमेरिकाबीच तनावपूर्ण अवस्था सिर्जना हुँदै गर्दा इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' ले अमेरिकको एक ड्रोन विमान‍लाई खसालेको अलजजिराले जनाएको छ।

गार्ड कर्पका अनुसार बिना अनुमति अमेरिकी ड्रोन इरानी आकाशमा प्रवेश गरेकोले त्यसमाथि प्रहार गरेको दाबी गरेको हो। तर, अमेरिकी पक्षले भने ड्रोन इरानी आकाशमा नभइ अन्तर्राष्ट्रिय आकाशमा उडिरहेको बताएको छ।

इरानी विदेश मन्त्रालयले अमेरिकाको उक्त कदमको विरोध गर्दै यसको परिणाम नकरात्मक हुन सक्नेतर्फ सचेत गराएको छ।

इरान र अमेरिकाबीच युद्धको अवस्था सिर्जना हुँदै गर्दा इरानले पहिलोपटक अमेरिकाकी आक्रमणबारे आधिकारिक धारणा व्यक्त गरेको हो। यता, अमेरिकी सेनाले भने इरानको क्षेत्रमा ड्रोन नगएको दाबी गरेको छ।

केहीदिन अघि मात्रै इरानले मध्यपूर्वमा इन्धन बोकेको दुईवटा ट्याङकरमाथि आक्रमण गरेको अमेरिकाले आरोप लागएको थियो। तर, इरानले भने अमेरिकी दाबी निराधार रहेको बताउँदै आएको छ।

मंगलवारमात्रै अमेरिकाले मध्यपूर्वीमा सुरक्षा खतरा बढेको भन्दै त्यस क्षेत्रमा थप एक हजार सेना तैनाथ गर्ने घोषणा गरेको थियो। यस्तै, अमेरिकाले केही साताअघि मध्यपूर्वमा ठूलो संख्यामा युद्धपोत र मिसाइलहरु तैनाथ गरेको बताएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानलेसमेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।

सिरिया, अफगानिस्तान, इराक,यमन र मध्यपूर्वी क्षेत्रहरुमा अमेरिकी सेनाको उपस्थितिले त्यहाँ अझै युद्धको अवस्था सिर्जना भएको इरानले आरोप लगाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell