PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगन्ज युनाइटेड सी डिभिजन लिगमा छनोट, यी हुन् तेस्रो श्रेणीको लिगमा छनोट भएका ३ क्लब



पहिलोपोस्ट

वीरगन्ज युनाइटेड सी डिभिजन लिगमा छनोट, यी हुन् तेस्रो श्रेणीको लिगमा छनोट भएका ३ क्लब

काठमाडौं : वीरगन्ज युनाइटेड सी डिभिजन लिगको लागि छनोट भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक आयोजना गरेको सी डिभिजन क्वालिफायरबाट मोफसलका ३ क्लब सी डिभिजनको लागि छनोट भएको हो।

सी डिभिजन नेपालको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता हो। यसअघि नै झापा एघार र चर्च ब्वाइजले सी डिभिजनमा आफ्नो स्थान पक्का गरिसकेका छन्।

क्वालिफायर अन्तर्गत बिहीवार भएको अन्तिम खेलमा वीरगन्जले स्पोर्ट्स एकेडमीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सी डिभिजनमा स्थान बनाएको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वीरगन्जका लागि चतुर धन चौधरी, उज्वल लोप्चन श्रेष्ठ, सब्बीर चौधरीले १-१ गोल गरे। स्पोर्ट्स एकेडमीका कमल देउवाले एक गोल फर्काए।

एन्फाले पहिलो पटक आयोजना गरेको सी डिभिजन क्वालिफायरमा देशका विभिन्न ३८ टिमले प्रतिस्पर्धा गरेका थिए।

क्वालिफायर पार गरेर सी डिभिजनमा पुगेका ३ क्लबले अब आउने सिजनको सी डिभिजन लिग खेल्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell