PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इन्चार्ज कुमार पौडेल मारिए



पहिलोपोस्ट

सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इन्चार्ज कुमार पौडेल मारिए

काठमाडौं : सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख हरि पालले जानकारी दिए। लालबन्दी नगरपालिका वडा नम्बर १ मा गोली हानाहान भएको हो। पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन्।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट सिन्धुलीतर्फ गइरहेका दुईवटा मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा गोली हानाहान भएको हो। 

पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको प्रवक्ता डिआइजी पोखरेलले बताए।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र  सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले  जानकारी दिएको छ। घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन्।

मारिएका पौडेल चुरेभावर, नेकपा माओवादी,  बैद्य  नेतृत्वको माओवादी हुदै विप्लव समुहमा आएका थिए। 

केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो। गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीको गोली लागि नेकपा नेता तीर्थराज घिमिरे मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell